गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

बिश्व औँलो दिवस २०२४



विश्व औलो दिवसः २५ अप्रिल २०२४ (२०८१ बैशाख १३ गते)

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आज बिश्व औँलो दिवस २०२४ को अवसरमा "औलो विरुद्धको लडाईलाई तिव्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं" भने मूल नाराका साथ श्री शिवालय माध्यमिक विद्यालय मा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन भएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्मा र जनस्वास्थ्य अधिकृत अन्जली पि .सिले गर्नु भएकाे थियाे भने

कार्यक्रममा विद्यालयका प्र अ भूपेन्द्र चापागाईं , स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क सहायक रामचन्द्र सुवेदी , जनस्वास्थ्य अधिकृत ममता ढकाल , शिक्षकहरु , कक्षा ०९र १० का विद्यार्थीहरु गरी ९० जनाको उपस्थिती रहेकाे थियो ।

Download: बिश्व औँलो दिवस २०२४