गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

नयाँ तथा खोप तालिम नलिएका स्वास्थ्यकर्मीहरुलाई खोपको आधारभुत तालिम



मिती -२०८०-१२-२७ देखि १२-३०

स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुणस्तरीय खोप सेवा सन्चालन तथा सरसफाई प्रवर्द्धनमा संलग्न स्वास्थ्यकर्मीको दक्षता बृद्धि, ज्ञान सीप अध्याबधिक गर्न नयाँ तथा खोप तालिम नलिएका स्वास्थ्यकर्मीहरुलाई पुर्ण खोप सुनिश्चितता एवं सुक्ष्मयोजना तयारी प्रक्रिया, शुन्य खोप र ड्रपआउट बच्चाको पहिचान, कोल्डचेन व्यवस्थापन, ए.ई.एफ.आई. सर्भिलेन्स र सरसफाई प्रवर्द्धन सम्बन्धी स्वास्थ्कर्मीलाई आधारभूत तालिम स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविन शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका खोप अधिकृत एक नारायण लम्साल , विश्व स्वास्थ्य संगठनका SMIO डा स्मृती लामा ,स्वास्थ्य कार्यालय पर्वतका के.चे.अ जनयन्द्रमन गुरुङ , प.नि.सु नारायण रेग्मी , कुश्मा नगरपालिकाका ज़. स्व.नि सुरेश सुवेदी , wateraid Nepal गण्डकी प्रदेशका सम्झना पाठक ले प्रशिक्षण गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाबाट ३५ जना स्वास्थ्कर्मीहरुको सहभागीता रहेको थियो।

Download: नयाँ तथा खोप तालिम नलिएका स्वास्थ्यकर्मीहरुलाई खोपको आधारभुत तालिम