गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ (लेखफांट स्वास्थ्य चौकी)



२०८०/१२/१८ देखि १२/२०

स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जलजला गाउँपालिका , लेखफाँट स्वास्थ्य चौकीको समन्वयमा र वान हार्ट वर्ल्डवाइडको प्राविधिक सहयोगमा स्वास्थ्य संस्थामा कार्यरत प्रसूति सेवा प्रदायकहरुको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ । जसमा सामान्य प्रसूति , प्रसूती पछिको अत्याधिक रक्तस्राव व्यवस्थापन , Pre eclampsia / Eclampsia को व्यवस्थापन , Condom tamponade, Kangaroo mother care, निशासिएको नवशिशुको व्यवस्थापन, recording reporting , infection prevention जस्ता विषयमा ज्ञान् सिप को बिकास गरिएको छ । Onsite coaching मा सहभागी २ जना सेवा प्रदायकहरुलाई प्रशिक्षण मेन्टर Durga Sapkota ( सि.अ.न.मी अधिकृत ,कुश्मा नगरपालिका स्वास्थ्य शाखा ) र सृजना गाैतम ( फिल्ड अफिसर,वान हार्ट वर्ल्ड वाइड) हरुले गर्नु भएको थियो । Onsite coaching को तेश्रो दिन बर्थिङ सेन्टरको गुणस्तर सुधार अनुगमन ( QIP)गरी सुधारको लागि बैठक स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर के.सीको अधक्ष्यता सम्पन्न भएकाे छ। उक्त कार्यक्रममा लेखफाँट स्वास्थ्य चौकी व्यवस्थापन समिती , स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत Anjalee Poudel ,जलजला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ न.मी Anjali Sharma ,संस्थाका कर्मचारी गरी ११ जनाको उपस्थितीमा सुधार गर्नुपर्ने विषयहरुमा कार्ययोजना पनि बनाइएको छ । यस सगै पर्वत जिल्लामा यस आर्थिक बर्षमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा ७ ब्याच Onsite coaching सम्पन्न भैसकेको छ ।

Download: सेवा प्रदायकहरको लागि मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धि onsite coaching मेन्टोरिङ (लेखफांट स्वास्थ्य चौकी)