गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

Value clarification and attitude transformation on safe abortion orientation सम्बन्धि अभिमुखिकरण दोश्रो व्याच



मिति २०८०।१२।२५ र २६ गते

स्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा Value Clarification and Attitude Transformation on Safe Abortion (VCAT) सम्बन्धि अभिमुखिकरण कार्यक्रमको दोश्रो व्याच सम्पन्न भएको छ। कार्यक्रममा सहभागिहरुले गर्भपतन सम्बन्धी मूल्यमान्यताहरू स्पष्ट पार्न, गर्भपतन बारेका तथ्यहरू, अनुमानहरू र मिथकहरूको अन्तर छुट्टाउन, गर्भपतन सेवा लिन चाहने सेवाग्राही, उनका परिवारका सदस्यहरू र अरू समाजका सरोकारवालालाई सही सूचना प्रवाह गर्न, गर्भपतन सेवा उपलब्ध गराउँदा वा यसबारे पैरवी गर्दा व्यक्त विचारहरू व्यक्तिगत हुन कि पेसागत हुन भन्ने छुट्टाउन , गर्भपतन गर्ने महिला, उनका परिवार र गराउने स्वास्थ्यकर्मी प्रति सह-अनुभूति व्यक्त गर्न सक्ने वनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको थियो ।उक्त कार्यक्रममा जम्मा २१ जना सहभागिहरुको (जसमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने सुचिकृत संस्थाका सेवा प्रदायकहरु र महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरु, पत्रकार, प्रहरी ) उपस्थिति रहेको थियो । कार्यक्रममा सहजिकरण तथा प्रशिक्षण स्वास्थ्य कार्यालय बागलुङको पब्लिक हेल्थ नर्सिङ निरीक्षक शिमा कुवँर र स्वास्थ्य कार्यालय पर्वतको पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नुभएको थियो ।

Download: Value clarification and attitude transformation on safe abortion orientation सम्बन्धि अभिमुखिकरण दोश्रो व्याच